सम्मानीत व्यक्तीसँग फोटो जोडेर महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

डिसी नेपाल
९ कार्तिक २०७९ १७:४२
36
Shares

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको तस्बिर दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घर भएका २१ वर्षीय रविन्द्र भण्डारी रहेको प्रहरी प्रधान कार्यलय काठमाडौंले जनाएको छ ।

महिलाको तस्बिर असम्बन्धित व्यक्तिहरूसँग जोडेर सामाजिक सञ्जालमा प्रकाशन तथा प्रशारण गरी अनावस्यक दुःख दिनुका साथै चरित्रहत्या गर्नेगरेको अनुसन्धानबाट खुलेको छ ।

गत बिहीबार पक्राउ परेका भण्डारीलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट छ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *