चक्कु प्रहारबाट हेटौंडामा एक जना गम्भिर घाइते

डिसी नेपाल
१० कार्तिक २०७९ १७:३६
28
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ कर्रापुल नजिकै अज्ञात व्यक्तिको चक्कु प्रहारबाट बुधबार राति एक युवक गम्भीर घाइते भएका छन् । स्थानीय २८ वर्षीय अजित लामा चक्कु प्रहारबाट घाइते भएका प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने युवक भने फरार रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार घाइते लामाको हेटौंडा अस्पतालमा प्राथमिक उपचारपछि भरतपुर रिफर गरिएको छ ।

लामालाई चक्कु प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्नेको पहिचान भने भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *