आजकाे माैसम : तीन प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

डिसी नेपाल
१८ कार्तिक २०७९ ६:३७
96
Shares

काठमाडौं। आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ। महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.