सारीमाथि टाइ लगाएर पार्टीमा पुगिन तापसी पन्नु, (१० फोटोहरु)

डिसी नेपाल
२६ साउन २०७५ ९:४७

मुम्बइ। कोर्टरुम ड्रामा फिल्म ‘मुल्क’ले बक्स अफिसमा शानदार कमाइ गरेपछि सक्सेस पार्टी आयोजना गरेको छ । यो पार्टीमा अभिनेत्री तापसी पन्नु गुलाबी रंगको सारीमाथि रातो रंगको टाइ लगाएर पुगिन् । फिल्ममा तापसी वकिलको भूमिकामा देखिएकी छिन् । फिल्ममा आफ्नो वकिलको भूमिकाको सफलताको खुसी मनाउन उनले यो रुप रोजेकी थिइन् ।

फिल्ममा एक मुस्लिम व्यक्तिलाई उनका अधिकार दिलाउन प्रयासरत तापसीको भूमिका प्रभावकारी रह्यो । पार्टीमा ऋषि कपुर, ग्रेसी सिंह, नीना गुप्ता, लगायत देखिए । फिल्म रिलिजपहिले निकै विवाद पनि भएको थियो । फिल्ममा राजनीतिक पार्टीको पैसा लगानी भएको सम्म आरोप लगाइयो । यद्यपि रिलिजपछि भने ती सबै विवाद थाकिएका छन् । हेर्नुहोस् पार्टीमा देखिएका कलाकारहरु –

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *