मधेसमा रोजगारी सिर्जना हुनुपर्छः उपेन्द्र यादव

डिसी नेपाल
२२ कार्तिक २०७९ २१:१७
44
Shares

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बेरोजगारी अन्त्य गर्न तराई मधेसमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।

सप्तरीको महदेवा गाउँपालिका–६ मा आज पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारले मधेसमा लगानी गर्न भेदभाव गरिरहेको आरोप लगाउँदै यहाँ ठूलाठूला कलकारखाना खोलेमा मात्र विकास हुने बताए । मधेसबाटै करिब ७० प्रतिशत कर नेपाल सरकारलाई जाने गरेको दाबी गर्दै उनले तराई मधेसमा गरिबी, बेरोजगारी, स्वास्थ्य, शिक्षाको समस्या बढ्दै गएको बताए ।

किसानका लागि विद्युतीकरणबाट भए पनि सरकारले सिँचाइ सुविधा गराउनुपर्छ भन्दै अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास हुनुपर्ने उनले जिकिर गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.