भक्तपुर २ मा महेश बस्नेत र दुर्लभ थापाको चुनावी प्रचार यस्तो देखियो (भिडियो)
भक्तपुर । भक्तपुरमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदातका घरघरमा पुगिरहेका छन् ।
भक्तपुरको क्षेत्र नं २ मा रोचक प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेसका दुलर्भ थापा र एमालेका महेश बस्नेतबीच मुख्य प्रतिपर्धा हुने देखिएको छ । कांग्रेसका उम्मेदवार थापाले मतदाताको आधारभूत आवश्यकता पुरा गर्ने गरि काम गर्ने बताए ।
अझै पनि संविधानले ग्यारेन्टी गरेका अधिकारहरु स्थापीत हुन नसकेको भन्दै उनले आफ्नो ध्यान संविधानको कार्यान्वयन संगै जनताको अधिकार पूर्ण गर्नेमा केन्द्रीत हुने धारणा राखे । उनले मुलुकमा लोकतान्त्रीक गणतन्त्र आएको धेरै बर्ष भएपनि जनताले महशुस गर्न नसकेको बताए ।
त्यस्तै एमालेका उम्मेदवार बस्नेतले पाँच बर्ष अगाडी जनताले आफुहरुलाई शंकाको दृष्टिले हेरेपनि अहिले पनि सवै शंका हटिसकेको दाबी गरे । बिगतमा एमालेले भनेको भन्दा धेरै काम गरेर देखाएको र आगामी दिनमा बाँकी कामहरुलाई पुरा गर्ने उनले बताए ।
यसअघिको प्रतिनिधिसभा निर्वाचनमा एमालेका महेश बस्नेत भारी मताअन्तरले बिजयी भएका थिए । कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो ।
यसपटक सता गठबन्धनले भक्तपुरमा सिट बाँंडफाँटमा प्रतिनिधि सभातर्फ क्षेत्र नं २ को प्रतिनिधि सभाको भाग कांग्रेसले पाएको थियो । क्षेत्र नं १ भने माओवादी केन्द्रको भागमा परेको छ।
प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल ,सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुनिल गोठे र एमालेका नवराज गेलाल उम्मेदवार छन्।







डिसी नेपाल








Facebook Comment