गगन थापाकाे प्रधानमन्त्रीमा दाबेदारी

डिसी नेपाल
२३ कार्तिक २०७९ १६:४४
52
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको नेतृत्व गर्न आफु तयारीमा लागेको बताएका छन् ।

बुधबार सिन्धुपाल्चोकका मतदाताहरुसंगको भेटघाट कार्यक्रममा थापाले आगामी निर्वाचनमा बिजयी भएपछि प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा दाबेदारी प्रस्तुत गर्ने बताए। अब मुलुक चलाउने जिम्मेवारी युवाहरुलाई दिनुपर्ने भन्दै त्यसको सुरुवात आफैले गर्ने उनको भनाई छ ।

थापाले आगामी निर्वाचनबाट सांसद भइसकेपछि संसदीय चूनाव लड्छु भन्नु आफ्नो अहंकार नभएको बताए । अब शिर्ष नेताहरुलाई पछाडीको सिटमा राखेर स्टेरिङ समात्न आफु तयार रहेको उनले बताए । त्यस्तै थापाले संघ र प्रदेशको निर्वाचन गठबन्धनले जित्ने भन्दै त्यसपछिको कार्यभार सफलताका साथ पुरा गर्नका लागि तयार हुनुपर्ने धारणा राखे ।

यसअघिको पाँच बर्ष एउटा व्यक्तिको अहंकारका कारण असफल भएकाले अवको पाँच बर्ष स्थीरता र परिणाममुखी हुनुपर्ने थापाको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.