चुनावपछि गठबन्धनकै सरकार बन्ने महासचिव गुरुङको दाबी

डिसी नेपाल
२४ कार्तिक २०७९ १९:३२
56
Shares

लमजुङ । नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन्।

लमजुङ दूधपोखरी गाउँपालिका(६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्नुहुँदै उनले मुलुकको आवश्यकता र विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए ।

प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ । “प्रदेशदेखि सङ्घसम्मै गठबन्धनकै सरकार कायम रहन्छ । कुनै शङ्का नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ”, उनले भने ।

खानेपानी, सडक, यातयात, रोजगार लगायतका समस्या समाधानका लागि आफू जनतासँगै साथमा रहने बताए । लमजुङका जनता र जिल्लाको विकासका लागि आफू मनाङदेखि आएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.