बागलुङका छ वटै सिट गठबन्धनले जित्छः देवेन्द्र पौडेल

डिसी नेपाल
२४ कार्तिक २०७९ १९:४९
836
Shares

बागलुङ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरेका छन् ।

तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा आज आयोजित चुनावीसभामा बोल्दै उहाँले पाँचदलीय गठबन्धनका उम्मेदवार भारी मतान्तरसहित विजयी हुने जिकिर गरे ।

“गठबन्धनका मतले मात्रै जित हासिल गर्न सकिन्छ, तर त्यतिले मात्रै पुग्दैन, अत्यधिक मतसहित गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ”, मन्त्री पौडेलले भने । उनले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गरे ।

उनले मुलुकको आवश्यकताका आधारमा पाँचदलीय गठबन्धन बनेको बताए । चुनाव जितेपछि बन्ने गठबन्धनको सरकारले नै मुलुकलाई विकास, समृद्धि र स्थिरतातिर लैजाने उनको दाबी छ ।

नेकपा (माओवादी केन्द्र)का सचिव पौडेल बागलुङ–२ बाट प्रनिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनी २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.