जुम्लाका दुई पालिकामा टेलिकमको टावर निर्माण

डिसी नेपाल
२५ कार्तिक २०७९ १४:२९
68
Shares

जुम्ला। आगमामी ४ मंसिरमा हुने निर्वाचनलाई मध्यनजर गर्दै जुम्लाको कनका सुन्दरी र पातारासी गाउपालिकामा नेपाल टेलिकमको रिपिटर टावर राखेकाे छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार निर्वाचन नजिकिँदै गर्दा  सञ्चारसेवा सुविधा नभएका स्थानमा टेलिकमकाे टावर राखिएकाे हाे। सञ्चारसेवा सुविधा नहुँदा समस्या हुने भएकाले चुनावअघि नै टावर निर्माण गर्न पहल गरिएकाे उनले बताए।

प्रजिअ केशरीका अनुसार नयाँ टावर राख्दा निर्वाचनको समयमा फाने सम्पर्क गर्न सजिलो हुने  त्यहाँका स्थानीयले फोन सेवा लिन पाउने भएका छन्। तर, यहाँको नेपाल टेलिकमको क्षमता बढाउन आवश्यक छ। उनका अनुसार टेलिकमले साना समस्या आउँदा पनि  एक हप्तासम्म सेवा अवरुद्ध हुने समस्या समाधानका लागी टेलिकमको केन्द्रीय कार्यलयलाई समेत भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *