अमेरिकी सेनाद्वारा इरानतर्फ जाँदै गरेको जहाजमाथि मिसाइल प्रहार: स्टेयरिङ प्रणाली निष्कृय बनाइएको दाबी

डिसी नेपाल
२७ साउन २०८३ १०:५०

काठमाडौं । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड ले इरानको एउटा बन्दरगाहसतर्फ अघि बढिरहेको जहाजलाई रोकेर त्यसको स्टेयरिङ प्रणाली निष्कृय पारिदिएको दाबी गरेको छ।

सामाजिक सञ्जाल (ट्विटर) मा जारी गरिएको आधिकारिक बयानमा अमेरिकी सेन्ट्रल कमान्डले पानामाको झन्डा बोकेको उक्त जहाज ओमानको खाडी भएर गुज्रिने प्रयास गरिरहेको जनाएको छ।

अमेरिकी कमान्डका अनुसार उक्त जहाजको उद्देश्य इरानी बन्दरगाहमा पुगेर अमेरिकी नौसैनिक नाकाबन्दीलाई तोड्नु थियो। बयानमा भनिएको छ कि जहाजका गैर-सैन्य (नागरिक) चालक दलका सदस्यहरूले अमेरिकी सेनाका तर्फबाट बारम्बार दिइएका चेतावनीहरूलाई बेवास्ता गरेका थिए।

त्यसपछि अमेरिकी नौसेनाको एउटा ‘एमएच-६०’ हेलिकप्टरले जहाजको इन्जिन रुमलाई लक्षित गरी दुईवटा ‘हेलफायर’ मिसाइल प्रहार गरेको थियो।

सेन्ट्रल कमान्डले भनेको छ, “उक्त जहाज अब इरानतर्फ गइरहेको छैन।”

सेन्टकमका अनुसार मङ्गलबार अगस्ट ११ सम्म ५५ वटा व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराइएको छ भने सहयोग नगर्ने तीनवटा जहाजहरूलाई निष्कृय पारिएको र दुईवटा जहाजहरूमा खानतलासी लिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *