टर्कीको राजधानीमा ५ अफगान नागरिकको छुरा प्रहार गरी हत्या

डिसी नेपाल
२५ कार्तिक २०७९ २०:४२
1.1k
Shares

एजेन्सी । टर्कीको प्रहरीले राजधानी अङ्काराको एउटा घरमा छुरा प्रहार गरी हत्या गरिएका पाँच जना अफगान नागरिकको शव फेला पारेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।

पाँच जना पुरुषहरूको शव बिहीबार अङ्काराक अल्टिन्डाग जिल्लाको ओन्डर नजिकमा फेला परेको थियो । सो घरमा थुप्रै सिरियाली र अफगान आप्रवासीहरूको बसोबास भएको दैनिक हुर्रिएट डेली न्यूजले उल्लेख गरेको छ।

अङ्कारा अभियोजकको कार्यालयले जनाए अनुसार एक शव पछाडिबाट हतकडी लगाएको र वार्डरोब भित्र फेला परेको थियो भने अन्य चार बैठक कोठामा फेला परेको थियो। टर्किएमा ५० लाखभन्दा बढी आप्रवासीहरू छन् जसमध्ये ३७ लाखभन्दा बढी सिरियाका छन्। त्यसैगरी अफगानिस्तानीहरू दोस्रो ठूलो आप्रवासी समुदाय हो।

अहिले यहाँ शरणार्थीहरूको तीव्र दबाब बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *