विगतका काम सम्झेर फेरि काम गर्ने मौका दिनुस् : सीता गुरुङ
तेह्रथुम। कांग्रेसकी केन्द्रीय सदस्य तथा लोकतान्त्रिक बाम गठबन्धनका तेह्रथुमकी साझा उम्मेदवार सीता गुरुङले विगतमा गरेका योगदानको मुल्यांङन गरी जिल्लाको विकास र सम्मृद्धिका निम्ति आफूलाई काम गर्ने मौका दिन मतदातासँग अनुरोध गरेकी छिन्।
‘मैले ३१ बर्ष लामो उर्जासिल उमेर तेह्रथुमको विकासको निम्ती खर्चेको छु। छथरदेखि आठराईसम्मको नागरिकहरूको समस्या नजिँकैबाट नियालेको छु। जिल्लाको विकासको निम्ती अल्पकालिन र दीर्घकालिन योजना बनाएर तपाईहरू सामु आएको छु। विगतमा मैले गरेको कामहरुलाई सम्झिनुस्। अनि मलाई काम गर्न मौका दिनुस्,’ उनले भने।
गुरुङ ०७४ सालमा तेह्रथुम जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार बनेकी थिइन्। त्यसबेला एमालेका भवानी खापुङसँग दुई हजार २१ मतले पराजित भएकी थिइन्। खापुङ २१ हजार तीन सय ३५ मत ल्याएर विजयी भएका थिए भने गुरुङले १९ हजार तीन सय १४ मत ल्याएर पराजित बनेकी थिइन्। खापुङ अहिले एकिकृत समाजवादी पार्टीमा रहेकाले यसपटक उनैको सहयोग र सत्ता गठबन्धनको साथमा उम्मेदवार बनेकी छिन्।
गुरुङसँग एमालेका डाक्टर विजय सुब्बा चुवानी मैदानमा छन्। उनी एकल चुवानी प्रतिश्पर्धामा छ। अंक गणितीय रुपमा हेर्ने हो भने स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको मतका आधारमा तेह्रथुममा एमाले सबैभन्दा ठूलो दल हो। एमाले एक्लैको यहाँ २२ हजार तीन सय १२ मत छ । तर, सत्तारुढ गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा भने एमाले पछि छ।
यहाँ कांग्रेसको २१ हजार नाै सय ११ र माओवादी केन्द्रको ६ सय ८६ र एकीकृत समाजवादीको पाँच सय ४६ मत छ। ०६४ सालबाहेक तेह्रथुमबाट सबै चुनाव एमालेले जितेको छ।







डिसी नेपाल








Facebook Comment