तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने सर्वाेच्चकाे आदेश

डिसी नेपाल
२८ कार्तिक २०७९ १४:५५
124
Shares

काठमाडाैं। ललितपुर-३ की उम्मेदवार डा.तोसिमा कार्कीको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले आदेश खारेज गर्न अस्वीकार गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ।

निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.