घरदैलोमा सुनिल शर्माले भने– मलाई जिताए क्यान्सर लाग्ने अवस्थाको अन्त्य गराउँछु

डिसी नेपाल
२८ कार्तिक २०७९ १५:२४
76
Shares

मोरङ– डा सुनिलकुमार शर्माले औद्योगिक रसायनका कारण क्यान्सर रोग लाग्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

मोरङ क्षेत्र नं ३ बाट संयुक्त लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार समेत रहेका शर्माले मानवबस्तीमा सञ्चालित उद्योगबाट उत्सर्जन हुने रसायनका कारण क्यान्सर जस्ता प्राणघातक रोगको सङ्क्रमण बढेको बताए । उनले आफू निर्वाचित भए यस्तो समस्या समाधानमा केन्द्रित हुने बताए ।

मङ्सिर ४ गते हुन लागेको निर्वाचनका क्रममा घरदैलो अभियानमा रहेका शर्माले बेलबारी क्षेत्रमा सञ्चालित भाँडा उद्योगबाट उत्सर्जन हुने घातक रसायनले त्यस क्षेत्रका बालकदेखि वृद्धसम्म क्यान्सरबाट पीडित रहेको बताए ।

उनले स्थानीय जनताले अनुभूत गर्नेगरी विकास गर्ने समेत प्रतिबद्धता जनाए । लोहोन्द्रा खोलाले स्थानीय क्षेत्रमा पु¥याउने गरेको क्षति आफूले भोगेको भन्दै उहाँले आफू निर्वाचित भए तटबन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै बेलबारी क्षेत्रमा बसपार्क निर्माण गर्न पनि आफूले पहल गर्ने उनको भनाइ छ । आफू स्वास्थ्य क्षेत्रको जानकार भएकाले जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी आफूले गर्ने दाबी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.