कांग्रेसमा देउवाबाहेक अन्यले प्रधानमन्त्रीको दाबी गर्नु प्रचार मात्रै होः कांग्रेस प्रवक्ता
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निर्वाचनपछिको प्रधानमन्त्रीमा कांग्रेसका तर्फबाट शेर बहादुर देउवा हुने स्वभाविक रहेको भन्दै अन्यले प्रधानमन्त्रीको दावी गर्नु प्रचार मात्रै भएको धारणा राखेका छन् ।
सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन् ।
उनले एमालेले खुलेआम प्रलोभन दिने, एनजिओको व्यपाक दुरुपयोग गर्ने जस्ता आचारसंहिता बिपरितको काम एमालेले गरेको भन्दै कारवाही गर्न माग गरे । गठबन्धनका साना कमजोरीलाई देख्ने आयोगले एमालेको आचारसंहिता बिपरितको कामलाई देख्न नसकेको उनको भनाइ छ ।
प्रवक्ता महले कांग्रेसले संयमताका साथ आचारसंहितालाई पालना गरिरहेको दावी गरे । उनले महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने र कांग्रेसको नेतृत्वमा सरकार बन्ने जिकिर गरे । अहिलेको निर्वाचनमा १ सय ६५ सिटमा ९१ सिट कांग्रेसले र ७४ सिट गठबन्धनका अन्य दलले लडेकाले स्वभाविक नेतृत्व कांग्रेसको रहेको उनको भनाइ छ ।
प्रवक्ता महतले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा समानुपातिक मत महत्वपूर्ण भएकाले सवै क्षेत्रमा कुनै दुविधा नगरी रुख चिन्हमा मतदान गर्न आह्वान समेत गरे ।







डिसी नेपाल








Facebook Comment