९० प्रतिशत उम्मेदवार झुठाे खर्च विवरण पेश गर्छन् : पाेखरेल

डिसी नेपाल
२९ कार्तिक २०७९ १३:३८
20
Shares

काठमाडौँ। निर्वाचनमा प्रतिश्पर्धा गर्ने ९० प्रतिशत उम्मेदवारले भएको खर्च भएकाेभन्दा निकै कम हुने गरि झुठो खर्च विवरण पेश गर्ने गरेकाे आराेप छ।

काठमाडौं स्कुल अफ ल भक्तपुरले मंगलबार आयाेजना गरेकाे वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र पारदर्शी बनाउन चाल्नुपर्ने कदमहरु विषयमा अन्तरक्रियामा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले ९० प्रतिशत उम्मेदवारले दिएको खर्च विवरण झुठाे हुने गरेकाे बताए। निर्वाचन आयोगले खर्चको सीमा निर्धारण गरेको हुनाले उम्मेदवाहरूले वास्तविकताभन्दा कम मात्रै खर्च देखाई पेश गर्ने उनको भनाइ छ।

यस्तै, पूर्व अर्थसचिव शिशिर ढुंगानाले पैसा खर्च गर्न नसक्नेले चुनावमा सहभागी हुने कल्पना समेत गर्न नसक्नु दुःखद् भएको बताए। जसरी पनि चुनाव जित्न पैसा खर्च गर्नु गलत भएको उनकाे भनाइ छ। चुनाव खर्चका लागि व्यापारी वा अन्यसँग पैसा चन्दा माग्दा जितेपछि जनताको होइन चन्दावालाको इच्छाअनुसार काम गर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ थियो । यस हिसाबले विजयी उम्मेदवार जनताप्रति नभई चन्दादाताको रुचीअनुसार काम गर्नु पर्ने हुने उनले बताए। यही कारण चुनेर पठाउने जनतामा बितृष्णा पैदा हुने उनले बताए।

आयोजक काठमाडौं स्कुल अफ ल भक्तपुरका अध्यक्ष डा. गोविन्दप्रसाद कुसुम, आयोजककै कार्यकारी निर्देशक प्राडा युवराज संग्रौला, प्राज्ञिक सल्लाहकार गणेशप्रसाद अधिकारीलगायतले निर्वाचन खर्चको व्यवस्थापनमा विशेष जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.