सभामुख सापकोटाले गरे मतदान

डिसी नेपाल
४ मंसिर २०७९ ८:१४
56
Shares

सिन्धुपाल्चोक। सभामुख अग्नि सापकोटाले मतदान गरेका छन्। गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट सापकोटाले  मतदान गरेका हुन्।

स्थानीय तह निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा  मंसिर २ मा नै गृहनगर आइपुगेका थिए। उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन्। सदा झै यो पटक पनि सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन्।

पछिल्लो पटक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सापकोटा क्षेत्र नं. १ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए। यो पटक उनी उम्मेदवार बनेनन्।

यस पटक यो क्षेत्रबाट उनका भतिज माओवादी नेता माधव सापकोटा सुबोध उम्मेदवार बनेका छन्। उनी गठबन्धनको साझा उम्मेदवार हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *