केन्द्रीय कारागारका सात कैदीबन्दीले गरे मतदान

डिसी नेपाल
४ मंसिर २०७९ ११:०५
36
Shares

काठमाडौँ। केन्द्रीय कारागार जगन्नाथदेवल मतदान केन्द्रबाट सात कैदीबन्दीले मतदान गरेका छन्। आठ कैदीबन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।

एक कैदीबन्दीको भने यसअघि नै अर्को कारागारमा स्थानान्तरण भएको थियो। बिहान ७ बजे नै मतदान सुरु भएमा ८ बजेअगावै उनीहरुले मतदान गरेका हुन्। सो मतदान केन्द्रमा आठ कैदीबन्दी र १२ कर्मचारी गरी २० जनाको मतदाता नामावली कायम थियो।

मतदाता सूचीमा रहेका १२ मध्ये ११ कर्मचारी निर्वाचनमा खटिइएकाले मतदान अधिकृत अर्यालले मात्र सो केन्द्रबाट मतदान गरे। उनीहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फमात्र मतदान गरेका हुन्। समानुपातिकको मत आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र पाउने प्रावधान छ।

केन्द्रीय कारागार मातहत रहेका तीनवटा कारागारमध्ये केन्द्रीय कारागारमा चार र भद्र बन्दीगृहका तीन बन्दीले मतदान गरेका हुन्। महिला कारागारमा रहेका कैदीबन्दीको भने मतदाता नमावलीमा नाम नरहेको बताइएको छ। केन्द्रीय कारागारमा तीन हजार चार सय बढी कैदीबन्दी रहेका छन्।

निर्वाचन आयोगले पहिलोपटक मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *