काठमाडौंमा गर्मी: चर्को घामबाट जोगिन पैदलयात्रीलाई छाताकै सहारा (तस्बिर)
काठमाडौं। काठमाडौं उपत्यकामा एक्कासि गर्मी बढेसँगै सडकमा निस्कने पैदलयात्रीहरू चर्को घामबाट जोगिन छाताको सहारा लिन थालेका छन्।
पछिल्ला केही दिनयता दिनहुँजसो वर्षा भइरहेको उपत्यकामा बुधबार बिहानैदेखि चर्को घाम लागेपछि जनजीवन प्रभावित बनेको छ। एक्कासि बढेको गर्मीसँगै उपत्यकाको तापक्रम करिब ३० डिग्री सेल्सियस पुगेको छ।
घामको राप बढेपछि काठमाडौंका व्यस्त सडक तथा बजार क्षेत्रमा हिँड्ने मानिसहरू सामान्य दिनको तुलनामा छाता ओढेर यात्रा गरिरहेको दृश्य बाक्लै देखिन थालेको छ।
तस्बिर : सक्षम घिमिरे/नेपाल न्यूज बैंक















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment