काठमाडौँ-३ मा मतगणना सुरु

डिसी नेपाल
५ मंसिर २०७९ ११:१७
220
Shares

काठमाडाैं। काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ।

बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृत मन्दिरा शाहीले राससलाई जानकारी दिए।

यो निर्वाचन क्षेत्रमा ५८ हजार ८८९ मतदाता रहेका थिए। यस क्षेत्रमा आइतबार २९ मतदान स्थलका ६८ केन्द्रमा मतदान भएको थियो। यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं ६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १, २ र ३ वडा पर्छन्।

यो क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसे, नेकपा (एमाले) का कृष्णबहादुर राईसहित विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *