प्रमुख आयुक्त थपलिया र जापानी परराष्ट्र राज्यमन्त्रीबीच भेटवार्ता

डिसी नेपाल
५ मंसिर २०७९ १३:१९
56
Shares

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र जापानी परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेबीच भेटवार्ता भएको छ। आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका राज्यान्त्री शुनसुके र प्रमुख निर्वाचन आयुक्तबीच सोमबार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा समेत छलफल भएको आयोगले जनाएको छ। राज्यमन्त्री ताकेइले आमनिर्वाचन २०७९ को निर्वाचन प्रक्रियाको प्रशंसा गरेका छन्।

प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे। भेटवार्तामा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासमेतको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.