मधेस प्रदेशका मुख्यमन्त्री राउत प्रदेशसभामा निर्वाचित
फाइल फाेटाे
वीरगञ्ज। मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए।
उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुई सय १२ मत पाए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment