बैतडीमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध

डिसी नेपाल
७ मंसिर २०७९ १२:०९
44
Shares

बैतडी। बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ।

विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताए। विद्युतका कारण सञ्चारका उपकरण नचल्दा निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि विञ्चित भएका छन्। उनले भने, “विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नु परेको छ, मोबाइलसमेत अफ हुँदा सञ्चारविहीन हुनुपरेको छ।” विद्युत्बाट सञ्चालन हुने मिल पनि बन्द रहेका छन्।

यता नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले भने विद्युत्को लाइन मर्मतका लागि प्राविधिक कर्मचारी खटाइएको बताए। एक स्थानीय बासिन्दाले रूख काट्दा मेनलाइनको एक किलोमिटर क्षेत्रको तारहरु चुँडिएको छ। उनले भने, “प्राविधिक कर्मचारी खटाएका छौँ, मर्मत गरेर सञ्चालन गर्न दिउँसोसम्म समय लाग्छ होला।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *