म प्रतिको विश्वास र माया नै मेरो जित हो : कृष्णप्रसाद सिटौला

डिसी नेपाल
९ मंसिर २०७९ १२:५८
328
Shares

काठमाडौँ। झापा क्षेत्र नम्बर ३ मा पराजित भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले पाएको मत र विश्वास नै आफ्नो जित भएको बताएका छन्।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुन पुगेका हुन्। लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएर निर्वाचित हुँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएर पराजित हुन पुगे । तर, आफूले पाएकै मत पनि आफ्नो जित भएको सिटौलाले प्रतिक्रिया दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा सिटौलाले लेखेका छन्, ‘अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७३७२ को म प्रतिको विश्वास र माया नै मेरो जित हो।’

प्रतिनिधिसभा सदस्यमा निर्वाचित लिङ्देन र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशी र छविलाल चुडाललाई बधाई तथा शुभकामना दिँदै सिटौलाले  जनताको चाहनाबमोजिम देश विकासमा लाग्न सधैँ प्रेरणा मिलोस् भनेर कामना पनि गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.