रामचन्द्रलाई माधव नेपालले भने-गठबन्धन नेताको हैसियतले तपाईं प्रधानमन्त्रीको हकदार हो

डिसी नेपाल
१२ मंसिर २०७९ ११:०५

काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ। निर्वाचन परिणाम अन्तिम चरणमा पुगेका बेला दुई नेताबीच छलफल भएको हो। अध्यक्ष नेपाललाई  भेट्न सोमबार विहान पौडेल नेपाल निवास काेटेश्वर पुगेका थिए।

सो भेटमा एकअर्काबीच शुभकामना आदान प्रदान भएको थियो। साथै अध्यक्ष नेपालले नेता पौडेललाई गठबन्धनको नेता भएको उल्लेख गर्दै प्रधानमन्त्री बन्न सक्ने बताएको पौडेलका स्वकीय सचिव चिरञ्जिवि पौडेलले जानकारी दिए।

सत्ता गठबन्धनमा भावी सरकारको नेतृत्व कसले गर्ने भन्ने अन्योल बढिरहेका बेला अध्यक्ष नेपाल र नेता पौडेलबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

स्रोतका अनुसार नेता पौडेलले अध्यक्ष नेपाललाई प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा नेपालले पौडेललाई गठबन्धनको नेता भएको प्रधानमन्त्रीको हकदार भएको बतएका थिए।

कांग्रेस वरिष्ठ नेता पौडेलले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै आएका छन्। मुलुकलाई आफ्नो नेतृत्वको खाँचो रहेको भन्दै पौडेलले गठबन्धन दलका नेताहरुलाई आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *