मोरक्कोसँगको हारपछि ब्रसेल्समा मच्चियो दंगा

डिसी नेपाल
१२ मंसिर २०७९ १२:०७
1.3k
Shares

ब्रसेल्स। कतारमा जारी विश्वकप खेलमा मोरक्कोले बेल्जियममाथिको जितपछि ब्रसेल्समा दंगा मच्चिएको छ। बेल्जियम हारेपछि आक्रोशित बनेका मानिसहरूको एउटा समूहले कार र केही विद्युतीय स्कुटरमा आगजनी गरी दंगा मच्चाएपछि प्रहरीले एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ।

बेल्जियमको राजधानीका धेरै ठाउँहरूमा दंगा भएको थियो। दर्जनौं फुटबल प्रशंसकहरू पुलिसँग झडपमा उत्रिएका थिए। दंगा नियन्त्रण गर्न प्रहरीले पानीको छर्रा र अश्रु ग्यास प्रयोग गरेको थियो।

दंगामा संलग्न व्यक्तिहरूले प्रोजेक्टाइल, लाठी प्रयोग गरी सार्वजनिक राजमार्गमा आगजनी गरेका थिए। आतिशबाजीबाट एक पत्रकारको अनुहारमा चोट लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *