इरानका सर्वोच्च नेता खामेनीकी भान्जीले सरकारविरुद्ध भिडियो सार्वजनिक गरिन्
काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीकी भान्जीले विदेशी सरकारहरूलाई इरानसँगको सबै सम्पर्क तोड्न आग्रह गर्दै एउटा भिडियो जारी गरेकी छन्। फरीदा मुरादखानीका बुबा पेशाले इन्जिनियर थिए जसले आयोतुल्लाकी बहिनीसँग विवाह गरेका थिए।
आफ्नो भिडियोमा, फरिदाले भनिन् कि इरानको सरकारलाई “शक्ति र सत्तामा रहनु” बाहेक अरू कुनै नियम थाहा छैन। मानवअधिकारकर्मीका अनुसार फरिदालाई यसै वर्षको जनवरीमा पक्राउ गरिएको थियो । उनलाई तेहरानको कुख्यात इर्विन जेलमा राखिएको मानिन्छ।
उनका भाइ महमूद मुरादखानी पनि एक कार्यकर्ता हुन् र फ्रान्समा बस्छन्। महमूदले आफ्नी बहिनीको यो भिडियो अनलाइन सेयर गरेका छन् । इरानमा दुई महिनाभन्दा बढी समयदेखि सरकार विरोधी प्रदर्शन जारी छ।
हिजाब सम्बन्धी कडा नियमको विरोधमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । कार्यकर्ताका अनुसार यी प्रदर्शनहरूमा अहिलेसम्म कम्तिमा ४५० जनाको मृत्यु भइसकेको छ ।







डिसी नेपाल







Facebook Comment