चीनको विरोध प्रदर्शन लन्डनसम्म पुग्यो
काठमाडौं । चीनमा कोरोना रोकथामका लागि कडा प्रतिबन्धको बिरूद्ध भएको प्रदर्शनका बीच आइतबार लण्डनस्थित चिनियाँ दूतावास बाहिर सयौं मानिस भेला भएका थिए । चीनको उरुम्चीमा भएको आगलागीमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्न उनीहरूमध्ये केहीले फूल र मैनबत्ती बालेका थिए।
चीनमा धेरैजसो मानिसले कडा कोरोना प्रतिबन्धलाई यी मृत्युको कारण बताइरहेका छन्। तर, चिनियाँ प्रशासनले यो आरोप अस्वीकार गर्दै आएको छ । चीनमा सरकारको ‘शून्य कोभिड नीति’ विरुद्ध व्यापक विरोध भइरहेको छ ।
मानिसहरूले सामाजिक दूरी लागू गर्न लगाइएको प्रतिबन्धहरू तोडेका छन् र अब ठूलो संख्यामा मानिसहरू शहर र विश्वविद्यालय क्याम्पसहरूमा सडकमा उत्रिएका छन्। चीनमा कडाईका बाबजुद पनि कोरोनाका रेकर्ड केस दर्ता भइरहेका छन् । बुधबार चीनमा ३१ हजार ५२७ नयाँ कोरोना संक्रमित थपिएका छन्, जुन अप्रिल २८ हजारभन्दा बढी हो ।
चीनको जिरो कोभिड नीतिले कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको मानिन्छ तर यसका कारण अर्थतन्त्र र आम जनताको जीवनमा नराम्रो असर परेको छ ।







डिसी नेपाल







Facebook Comment