चीनमा बीबीसीका पत्रकारलाई प्रहरीले पक्राउ गरेर कुट्यो

डिसी नेपाल
१२ मंसिर २०७९ १३:०८
36
Shares

काठमाडौं । चीनमा कोविड प्रतिबन्धको बिरूद्ध प्रदर्शन कभर गर्दा पक्राउ परेका बीबीसी संवाददाता एड लरेन्सलाई रिहा गरिएको छ। तर हिरासतमा प्रहरीले उनीहरुसँग बर्बर व्यवहार गरेको छ ।

बीबीसीले जारी गरेको विज्ञप्ति अनुसार सांघाईमा विरोध प्रदर्शनका क्रममा पक्राउ परेका पत्रकार एड लरेन्सलाई रिहा गर्नुअघि प्रहरीले हथकडी लगाएर कुटपिट र लात हानेको पनि बताएको छ । मान्यता प्राप्त पत्रकारको रूपमा काम गर्दा यो घटना भएको हो ।

बीबीसीले भनेको छ, “आफ्नो काम गरिरहेका बेला हाम्रा एक पत्रकारमाथि भएको यस्तो आक्रमण चिन्ताजनक छ। चीनबाट अहिलेसम्म कुनै औपचारिक स्पष्टीकरण वा माफी मागिएको छैन। पछि केही अधिकारीहरूले पत्रकारलाई उनी भीडबाट कोरोना संक्रमित नहोउन् भनेर उनकै भलाइका लागि पक्राउ गरिएको दाबी गरे। बीबीसीले यसलाई विश्वसनीय व्याख्या मान्दैन।”

चीनमा कोरोना प्रतिबन्धको विरुद्धमा व्यापक विरोध प्रदर्शन भइरहेका छन् । उरुम्कीको एक भवनभित्र आगलागी हुँदा १० जनाको मृत्यु भएपछि विरोध प्रदर्शन सुरु भएको हो । मानिसहरू विश्वास गर्छन् कि कडा प्रतिबन्धहरू यी मृत्युहरूको वास्तविक कारण हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *