बिजुलीको पोलमा विमान ठोक्कियो
काठमाडौं । अमेरिकाको मेरिल्याण्डको मोन्टगोमेरी काउन्टीमा आइतबार राति एउटा ठूलो दुर्घटना भएको छ । यहाँ एउटा सानो विमान बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको छ । जसका कारण सम्पूर्ण क्षेत्रमा विद्युत् संकट उत्पन्न भएको छ । मोन्टगोमेरीमा करिब एक चौथाई अर्थात् ९० हजार घरमा बिजुली गएको छ ।
मोन्टगोमेरी काउन्टी प्रहरीले रोथबरी डा र गोशेन रोडमा एउटा सानो विमान बिजुलीको पोलमा ठोक्किएको बताएको छ। जसका कारण धेरै क्षेत्रमा बिजुली गएको छ । प्रहरी घटनास्थल पुगेको छ । यहाँ बिजुलीका तारहरू भएकाले यस क्षेत्रमा नजान भनिएको छ । खराब मौसमका बीचमा यो दुर्घटना भएको बताइएको छ । क्षेत्रमा पानी परिरहेको छ । यद्यपी विमान दुर्घटनाको कारण भने खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान सुरु भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment