सुकुम्वासी बस्ती आक्रमणबाट घाइते भएका तीन नगर प्रहरी आइसियुमा

डिसी नेपाल
१२ मंसिर २०७९ २१:२२
2.8k
Shares

काठमाडौं । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौं महानगरका तीन जना प्रहरीको आइसियुमा राखेर उपचार भइरहेको छ ।

स्थानीयले ढुंगामुडा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका महानगरपालिकाले जनाएको छ ।

सोमबार साँझ एक विज्ञप्तिमार्फत महानगरले उक्त आक्रमणमा संलग्नहरूलाई कानून बमोजिम कारबाही गर्न प्रहरीमा उजुरी समेत गरेको जनाएको छ । उक्त आक्रमणमा संलग्न व्यक्तिहरूको नाम समेत खुलाई महानगरीय प्रहरी वृत्त टेकुमा जाहेरी दिएको महानगरको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.