पाकिस्तानी सेना प्रमुखको रूपमा आफ्नो अन्तिम सम्बोधनमा जनरल कमर जावेद बाजवाले के भने?
काठमाडौं । जनरल कमर जावेद बाजवाले जनरल सैयद असिम मुनीरलाई पाकिस्तानको नयाँ सेना प्रमुखको रूपमा पाकिस्तानको सेना प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका छन्।
यसअघि जनरल कमर जावेद बाजवाले आफ्नो अन्तिम सम्बोधनमा पाकिस्तानी सेनाका अधिकारी र जवानहरूले गरेको बलिदानको प्रशंसा गरेका थिए।
उनले सीमित स्रोतसाधनका बाबजुद पाकिस्तानी सेनाले आतंकवाद र बाह्य खतराबाट पाकिस्तानलाई सुरक्षित राखेको बताए । जनरल कमर जावेद बाजवाले जनरल असिम मुनीरको नेतृत्वमा पाकिस्तानी सेनाको थप विकास हुने बताए ।
यस अवसरमा जनरल बाजवाले नयाँ सेना प्रमुख असिम मुनिरलाई बधाई दिए। जनरल बाजवाले गार्ड अफ अनरको निरीक्षण गरेका थिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment