भारतमा आफैंसँग बसेकी प्रेमिकाको पिटी पिटी हत्या, धामी पक्राउ
सांकेतिक तस्बिर
नयाँ दिल्ली। एउटै कोठामा बस्ने आफ्नी प्रेमिकाको हत्या गरेको आरोपमा भारतको कार्नाटका राज्यको बैंगलुरु शहरमा नेपाली युवा सन्तोष धामी पक्राउ परेका छन्। २६ बर्षीय धामीले आफैैंसँग बस्दै आएकी २३ बर्षीय नेपाली युवती कृष्णकुमारीको मंगलबार राति हत्या गरेका थिए।
धामीले कृष्णकुमारीलाई पिटी पिटी मारेको प्रहरीले जनाएको छ। आफूसँग हुँदा हुँदै अर्को केटालाई मन पराउन थालेको,आंखा लगाएको भन्दै सोही आक्रोशमा धामीले कृष्णकुमारीलाई पिटी पिटी मारेको खुल्न आएको बैंगलुरु प्रहरीले बताएको भारतका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अर्कोसँग पनि सम्बन्धमा रहेको आशंकामा धामीले कृष्णकुमारीलाई धामीले पिट्न थालेका थिए। विवाह नगरे पनि यो जोडी थम्बु चेट्टी पाल्या भन्ने स्थानमा बस्दै आएका थिए।
धामी कहिले भारतको बंगलुरु बस्दै आएका हुन् भन्ने स्पष्ट नभए पनि कृष्णकुमारी विगत दुई बर्षदेखि बैंगलुरुमा रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ। र, यी दुई विगत एकबर्षदेखि सँगै आएको पनि प्रहरीले बताएको छ।
कृष्णकुमारी सैलुनमा कार्यरत रहेको र धामी पनि पुरुष पार्लरमा कार्यरत थिए। भारतीय पेनाल कोड ३०२ अन्तर्गत धामीविरुद्ध हत्याको मुद्दा प्रहरीमा दर्ता भएको छ। भारतमा रोजगारी गरिरहेका यी नेपाली युवा युवती नेपालको कुन स्थानका स्थायी बासिन्दा हुन् भन्ने स्पष्ट भइसकेको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment