स्याङ्जा २ मा १६९२ मतसहित गुरुङको अग्रता, पछ्याउँदै अर्याल

डिसी नेपाल
१५ मंसिर २०७९ १६:३२
312
Shares

काठमाडौैं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याएका छन् ।

एमाले उम्मेदवार पद्मा अर्यालले ४,९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत  प्राप्त गरेका छन् ।

४ मंसिरमा सम्पन्न आमनिर्वाचनका क्रममा धाँधली भएको भन्दै दलबहरूबीच आरोपप्रत्यारोप भएपछि मतगणना हुन सकेको थिएन । बुधबार पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गन्न थालिएको हो । स्याङ्जा २ मा ७० हजार मत खसेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.