७५ रुपैयाँका लागि महिलाको गोली हानी हत्या, सात जना पक्राउ
काठमाडौं । राजस्थानको करौली जिल्लाको मालपुर थाना क्षेत्रमा नोभेम्बर ३० मा एक महिलाको गोली हानी हत्या गरिएको छ । मामिलामा हस्तक्षेप गर्न आएका अन्य दुई युवा घाइते भएका छन् । यस मामिलामा एफआईआर दर्ता गरेपछि प्रहरीले शुक्रबार सात आरोपीहरूलाई पक्राउ गरेको छ।
मसलपुर प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सिंहले बीबीसीलाई भने, ‘देवरी गाउँमा मृतक महिलाको परिवारले खेत जोत्न ट्याक्टर मागेको थियो, जोत लगाएपछि पीडित पक्षले १.२५ बिघा खेत भएको बताएको थियो भने अभियुक्त पक्षले डेढ बिघा भएको बताए । जोतेको पैसाको लेनदेनमा विवाद बढ्यो ।
उनले भने, “सुरुवाती अनुसन्धानमा ७५ रुपैयाको लेनदेनमा मात्रै गोली हानेर हत्याको घटना बाहिर आएको छ। आरोपमा सात जना पक्राउ परेका छन्, अनुसन्धान जारी छ।”
मृतक महिलाको परिवार र अभियुक्त एउटै गाउँका हुन् । महिलाको हत्यापछि गाउँमा तनाब छाएको छ । मसलपुरका एक गाउँलेले बीबीसीलाई फोनमा भने, “अहिले धेरैजसो किसानले गहुँ छर्नका लागि खेत जोतिरहेका छन्। उनीहरूले एक बिघा जोत्न रु ३०० देखि ३५० रुपैयाँ लिन्छन्।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment