करोडपति ब्यवसायी कंगाल भए, ८५ करोड ऋण तिर्न सडकमा ठेला राखेर ससेज बेच्दै

डिसी नेपाल
१७ मंसिर २०७९ १५:०७
228
Shares

काठमाडौं । एक करोडपति व्यापारी टाट पल्टिएपछि सडक छेउमा पसल खोलेर ग्रिल गरिएको ससेज बेचेर पैसा उठाउँदै छन्। उनको टाउकोमा ८५ करोडभन्दा बढी (४६ मिलियन युआन) ऋण छ । त्यो तिर्न उनले सडक छेउमा पसल खोले । यहाँ उनले जनतालाई आफ्नै हातले खाना खुवाएका छन् । चिनियाँ सामाजिक सञ्जालमा यी पूर्व करोडपति व्यक्तिको कथा हेडलाइन बनेको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ५२ वर्षीय ताङ जियान केही समयअघिसम्म सफल व्यवसायी थिए। उनीसँग रेस्टुरेन्टको चेन थियो। ३६ वर्षको उमेरमा उनले करोडौंको सम्पत्ति बनाएका थिए । तर वर्ष २००५ मा जियानको भाग्यले एक मोड लियो।

वास्तवमा, उनले आफ्नो धेरै पैसा एक उद्योगमा लगानी गरे जसको बारेमा उसलाई थाहा थिएन। मानिसहरूले अस्वीकार गरेपछि पनि ताङ जियानले ल्यान्डस्केप इन्जिनियरिङ व्यवसायमा ठूलो रकम लगानी गरे। यो निर्णय उनका लागि निकै नराम्रो साबित भयो । जियान केही समयमै टाट पल्टिए। उनको रेस्टुरेन्ट चेन पनि ध्वस्त भयो र जियान करोडौंको ऋणमा डुबे ।

स्थिति यस्तो बन्यो कि ऋण तिर्न जियानले आफ्ना सबै रेष्टुरेन्ट, घर र गाडीसमेत बेच्नुपर्‍यो। अझै पनि उनको टाउकोमा ८५ करोडभन्दा बढीको ऋण बाँकी छ । त्यसलाई चुक्ता गर्न उनले रेस्टुरेन्टमा एक्लै काम गर्न थाले । कुनै समय करोडपति भएका ताङ जियानले सडकको छेउमा पसल खोलेर कबाब बेच्न थाले। जियानको संघर्षको यो कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसले मानिसहरूलाई खराब समयमा पनि लड्न प्रोत्साहित गरिरहेको छ।

आफ्नो अवस्थाका बारेमा जियान भन्छन् कि हरेक व्यक्तिले चुनौतीपूर्ण जीवन बिताउँछ र धेरै कठिनाइहरूको सामना गर्छ, तर हामीले हार नमान्ने भावना कायम राख्नुपर्छ। उनले ऋण कहिले तिर्ने भन्नेमा आफू अन्योल रहेको तर आफूले गर्न सक्नेमा विश्वस्त रहेको बताए ।

ताङ जियानले भने- ‘हामीले शान्तपूर्वक कठिनाइहरूको सामना गर्न र साहसका साथ अगाडि बढ्न सिक्नुपर्छ।’ जीवनमा केही न केही भइरहनुपर्छ भनी उनी भन्छन् । आखिर हामी रित्तो हात यो दुनियाँमा आएका थियौं, अब के गुमाउने ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *