पेट दुखेपछि बिरामी अस्पताल पुगे, अपरेशन गरेर १.२ किलो तौलका १८७ सिक्का निकालियो
काठमाडौं । कर्नाटकमा एक व्यक्तिको पेटबाट १८७ सिक्का निकालिएको छ । पेट दुख्ने र बान्ता हुने समस्या लिएर ती व्यक्ति अस्पताल पुगेका थिए । डाक्टरले उनको विभिन्न परिक्षण गरे । एन्डोस्कोपी पनि गरे जसमा पेटमा धेरै सिक्का रहेको पाइयो ।
शल्यक्रियापछि व्यक्तिको पेटबाट एक, दुई र पाँच रुपैयाँका विभिन्न सिक्का निकालिएको थियो । ४६२ रुपैयाँ बराबरको १८७ सिक्का निकालिएको छ । ती व्यक्तिलाई सिजोफ्रेनिया नामक रोग लागेको चिकित्सकहरुले बताएका छन् ।
जानकारीका अनुसार ५८ वर्षीय व्यक्तिको नाम दयमप्पा हरिजन हो । उनी राईचुर जिल्लाको लिङ्सुगुर सहरका बासिन्दा हुन् । २६ नोभेम्बर शनिबार दयमप्पाले पेट दुखेको गुनासो गरे। यसपछि उनका छोरा रवि कुमारले उनलाई बागलकोटको एस निजलिंगप्पा मेडिकल कलेजसँग जोडिएको एचएसके अस्पताल लगे। यहाँ चिकित्सकहरूले लक्षणका आधारमा एक्स–रे र इन्डोस्कोपी गरे । बिरामीको पेट स्क्यान गर्दा उनको पेटमा १.२ किलो सिक्का रहेको खुलासा भयो। त्यसपछि उनको शल्यक्रिया गर्ने निर्णय भयो ।
चिकित्सकका अनुसार दयामप्पा सिजोफ्रेनियाबाट पीडित छन् र उनलाई सिक्का निल्ने बानी छ । उनले सिजोफ्रेनियाका बिरामीले असामान्य रूपमा सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने गरेको बताए । बिरामीले कुल १८७ सिक्का निले। ५ रुपैयाँका ५६ सिक्का, २ रुपैयाँका ५१ र १ रुपैयाँका ८० सिक्का थिए।
दयमप्पाका छोराले भने, ‘पापा पक्कै पनि मानसिक रूपमा विचलित हुनुहुन्थ्यो । तर, दैनिक काम पनि गर्नुहुन्थ्यो । उहाँले सिक्का निलेको कुरा घरमा कहिल्यै बताउनुभएन। जब अचानक पेट दुख्यो, उहाँले हामीलाई दुखाइको बारेमा पक्कै बताउनुभयो। तर, त्यतिबेला पनि उहाँले सिक्का निलेको बताइएको थिएन । पेटको स्क्यानमा उहाँले १.२ किलो सिक्का निलाएको थाहा पायौं ।
मिडियासँग कुरा गर्दै शल्यचिकित्सक ईश्वर कलबुर्गीले भने, ‘यो एउटा चुनौतीपूर्ण केस थियो । शल्यक्रिया सहज थिएन । बिरामीको पेट बेलुन जस्तै भएको थियो । पेटमा जताततै सिक्का थिए। अपरेशन थिएटरमा हामीले सीआर मार्फत सिक्का फेला पार्यौं। मैले सिक्का कहाँ छन् देखे। त्यसपछि सिक्का निकालियो ।” ३ जना चिकित्सकले यो शल्यक्रिया गरेको उनले बताए ।
सिजोफ्रेनिया भनेको मनोविकृति हो। यो एक मानसिक रोग हो जसमा बिरामीको विचार र अनुभव वास्तविकतासँग मेल खाँदैन। कसैले सत्य बुझाउन खोज्दा पनि यो भ्रम कायम रहन्छ। यसको मुख्य लक्षण भ्रम हो। तर यी बाहेक अन्य धेरै लक्षणहरू पनि हुन सक्छन्। यो सिजोफ्रेनियाको चरणमा निर्भर गर्दछ।







डिसी नेपाल







Facebook Comment