पथरी-काठमाडौं मैत्री समाजद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

डिसी नेपाल
१७ मंसिर २०७९ १८:०५
192
Shares

काठमाडौं । पथरी-काठमाडौं मैत्री समाजले बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजले आज (शनिबार) काठमाडौंको गौशाला स्थित पिङ्गला स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

साबिक पथरी, शनिस्चरे र हसन्दह गा.वि.स बासिहरुको साझाँ संस्थाको रुपमा रहेको पथरी काठमाडौं मैत्री समाजले ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरेको अध्यक्ष लक्ष्मी प्रसाद कोइरालाले जानकारी दिए ।

समाजले अन्य समयमापनि अस्पतालमा गएर रगत दिने देखि उपचार खर्च नभएकोहरुलाई आर्थिक सहयोग संकलन गर्ने लगायत विभिन्न सामाजिक काम गर्दै आएको अध्यक्ष कोइरालाले जानकारी दिए । उनले गरिब जनता विरामी परे रगत पाउन मुस्कील रहेको भन्दै उनीहरुका लागि आफुहरुले काम गरेको समेत दाबी गरे ।

समाजका सचिव अशोक खनालका अनुसार आज २३ जनाले रक्तदान गरेका छन् । ‘पथरी सानिस्चरे नगरपालिकाबाट काठमाडौ आसपासमा बसोबास गर्नुहुने सम्पुर्ण महानुभाबहरु लाई समाजमा आबद्ध भएर संस्थाले गरिरहेका सामाजिक गतिविधिहरुमा सहभागी हुन अनुरोध छ,’ सचिव खनालले भने ।

कार्यक्रममा रक्तदान गर्न उत्साहजनक सहभागिता रहेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *