नोबेल कलेजमा हल्ट पुरस्कारको सुरुआत
काठमाडौँ। नोबेल कलेजमा ‘हल्ट पुरस्कार’को सुरुआत गरिएको छ। हरेक वर्ष आयोजना हुने हल्ट प्राइज अन-क्याम्पस इभेन्ट यस वर्ष ‘रिडिजाइनिङ फेसन’भन्ने नाराका साथ सुरु गरिएको हो।
कार्यक्रमको नेतृत्व क्याम्पस निर्देशक स्वस्तिका बज्रचार्य र सहक्याम्पस निर्देशकहरू, लस्ता चौधरी र दिलिप श्रेष्ठको नेतृत्वमा रहेको १६ सदस्सीय समितिले गरिरहेको छ।
हल्ट पुरस्कार एक वार्षिक सामाजिक उद्यमशीलता प्रतियोगिता हो, जसले विद्यार्थीहरूलाई दबाबपूर्ण सामाजिक समस्या समाधान गर्न योगदान पुर्याउने र नाफा कमाउन सक्षम पर्याप्त व्यापारिक विचारहरू सिर्जना गर्नेछ।
यस वर्षको थिमले फेसनर कपडा उद्योगमा नाफाको लागि सामाजिक उद्यम सिर्जना गर्न चूनौती दिनेछ। प्रतियोगिता विद्यालयका स्नातकोत्तर विद्यार्थीहरूका लागि खुला गरिएको छ। यसैगरी संयुक्त राष्ट्र संघका १७ दिगो विकास लक्ष्यहरूलाई २०३० को समयसीमा भित्र पूरा गर्न समर्थन गर्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment