पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भने– जनरल बाजवाको कार्यकाल थपेर ठूलो गल्ती भयो
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सन् २०१९ मा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाल थप तीन वर्ष बढाएर ‘ठूलो गल्ती’ गरेको बताएका छन् ।
पाकिस्तानको एक निजी टिभी च्यानललाई दिएको अन्तर्वार्तामा तेहरिक–ए–इन्साफ प्रमुखले जनरल बाजवालाई म्याद थप्नु ठूलो गल्ती भएको भन्दै सेनामा कसैलाई पनि म्याद दिन नहुने बताए ।
सेना प्रमुखको पदावधि बढाएपछि जनरल बाजवाले अन्य दलसँग वार्ता गर्न थालेको र जनरल बाजवाले सहयोगीलाई केही आश्वासन दिएको पनि उनको दाबी छ ।
उनले भने, “पीएमएल-एन र अरूले जसरी समयावधिको पक्षमा मतदान गरे, मलाई लाग्छ, उनीहरूले पीएमएल-जीसँग पनि कुरा गर्न थालेका छन्। मलाई लाग्छ कि उनीहरूले पीएमएललाई पनि केही आश्वासन दिएका छन्,” उनले भने। जब जनरल फैजलाई हटाइयो, उनीहरूले मलाई हटाउने निर्णय गरेको स्पष्ट भयो।
इमरान खानले साढे तीन वर्षपछि पहिलो पटक जनरल बाजवामाथि विश्वास गर्नु आफ्नो कमजोरी भएको महसुस गरेको बताए ।
उनले भने, “देश बचाउनु हाम्रो स्वार्थ एउटै हो भन्ने लाग्थ्यो, त्यसैले उहाँ जे भन्नुहुन्छ, त्यही मान्थेँ, कसरी ठगियो, कसरी झुट बोलियो थाहा भएन।”
Facebook Comment