इरान सरकारको ऐतिहासिक निर्णय, नैतिकता प्रहरी विघटन

डिसी नेपाल
१८ मंसिर २०७९ १६:५१

काठमाडौं । इरानका अटर्नी जनरलले एक धार्मिक सम्मेलनमा भने कि देशको धार्मिक पुलिस अर्थात् मोरालिटी पुलिस भङ्ग गरिएको छ। यद्यपि अटर्नी जनरल मोहम्मद जाफर मोन्ताजेरीको बयानलाई इरानको कानून प्रवर्तन निकायले पुष्टि गरेको छैन।

प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको हालै मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शन जारी छ। यी आन्दोलनमा अहिलेसम्म तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

महसा अमिनीलाई तेहरानको मोरालिटी पुलिसले ‘उचित हिजाब’ नलगाएको आरोपमा हिरासतमा लिएको थियो र पछि उनको मृत्यु भयो। इरानको कडा कानुन अनुसार महिलाले हिजाब वा हेडस्कर्फ लगाउन अनिवार्य छ।

तर, बीबीसी फारसी सर्भिसका रिपोर्टर सियाभास अर्दालनले नैतिक प्रहरीको विघटनले हिजाब कानून परिवर्तन हुन्छ भन्ने होइन भने। उनले यसलाई ढिलो भएको सानो कदम भने ।

सन् १९७९ को क्रान्तिदेखि नै इरानमा सामाजिक समस्यालाई सम्बोधन गर्न ‘नैतिक प्रहरी’ विभिन्न रूपमा विद्यमान छ। उनीहरुको अधिकारक्षेत्रमा महिला र पुरुषको भेटमा महिलाको हिजाबको विषय पनि समावेश गरिएको छ ।

तर सरकारी एजेन्सी ‘गश्त-ए-इरशाद’, जसलाई महसाको मृत्युको लागि जिम्मेवार भनिन्छ, नैतिक पुलिस हो जसको काम इरानमा सार्वजनिक रूपमा इस्लामिक आचार संहिता लागू गर्ने हो।

‘गश्त-ए-इर्शाद’ सन् २००६ मा गठन भएको थियो। यसले न्यायपालिका र इस्लामिक रिभोलुसनरी गार्डसँग जोडिएको अर्धसैनिक बल बसिजसँग नजिकबाट काम गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *