३१६ पदका लागि प्रदेश १ को लोकसेवाले खुलायो जागिर
काठमाडौं। प्रदेश नम्बर १ को प्रदेश लोक सेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ।
स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान गरेको हो।
आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन्। महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ। दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ। १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन्।
चैत २५ बाट लिखित परीक्षा सुरु भई जेठ २०सम्म कायम रहने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment