‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे
काठमाडौं। पोल्यान्डविरुद्ध प्राप्त ३-१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन्। कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको दाबेदारमा रहेका हुन्।
जारी विश्वकपमा उनि सर्वाधिक गोलकर्ता शीर्षस्थानमा छन्। एम्बाप्पेले पोल्यान्ड र डेनमार्कविरुद्ध दुई दुई गोल गरेका छन्। यसैगरी अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए। २३ वर्षीय पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकरपछि अन्य खेलाडीको तीन गोल गरेको छ।
स्पेनका अल्भारो मोरटा, अर्जेन्टिनाका कप्तान लियोनल मेसी, इंग्ल्यान्डका मार्कुस रसफोर्ड, फ्रान्सकै ओलिभर जिरौउड, इक्वेडरका इनर भ्यालेन्सिया र नेदरल्यान्ड्सका कोडी गाक्पोले समान तीन गोल गरेका छन्।
कतार विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ। जहाँ सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट अवार्ड प्राप्त गर्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment