अस्पतालमा साइबर हमला, शल्यक्रिया रद्द
Medical Team Performing Surgical Operation in Bright Modern Operating Room
पेरिस। पेरिस नजिकैको भर्साइलको एउटा अस्पतालमा साइबर हमला भएपछि शल्यक्रिया रद्द गर्नु परेको जनाइएको छ। हमलाका कारण केही बिरामीहरूलाई स्थानान्तरण गर्नुपरेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साइबर आक्रमणपछि तीन जना सघन हेरचाह र तीन जनालाई नवजात इकाइबाट स्थानान्तरण गरिएको स्वास्थ्यमन्त्री फ्रान्कोइस ब्राउनले जानकारी दिए ।
क्षेत्रीय स्वास्थ्य एजेन्सी (एआरएस)ले अस्पतालले अपरेसन रद्द गरेको तर वाक–इन सेवाहरू र परामर्शहरू सञ्चालन गर्न सम्भव भएसम्म गरिरहेको जनाएको छ । घटनापछि थप कर्मचारीहरूलाई सघन हेरचाह इकाईमा बोलाउनुपरेको पनि अस्पतालले जनाएको छ।
साइबर आक्रमणले “अस्पतालको पूर्ण पुनर्गठन“ निम्त्याएको थियो, स्वास्थ्य मन्त्री ब्राउनलले जानकारी दिए। पेरिस अभियोजकको कार्यालयले अस्पतालले आइतबार औपचारिक उजुरी दिएपछि राज्यको डाटा ह्याक गर्ने र जबरजस्ती रकम असुल्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धान खोलेको छ।







डिसी नेपाल







Facebook Comment