क्यास्पियन सागरको तटमा २५ सय सिल मृत फेला

डिसी नेपाल
१९ मंसिर २०७९ ९:१०
168
Shares

मस्को। दक्षिणी रुसको क्यास्पियन सागरको तटमा करिब २,५०० सिल मृत फेला परेको अधिकारीहरूले बताएका छन्। सिलको मृत्युको प्रकृति हेर्दा हिंसात्म संकेत नदेखिएको  अधिकारीहरुले बताएका छन्। सुरुमा लगभग ७००  मृत सिलहरू रिपोर्ट गरिएको थियो, तर थप अनुसन्धानले धेरै संख्या पत्ता लगाएको छ र मृतक सिलको गणना जारी छ।

इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसीएन)को रातो सूचीमा सन् २००८ देखि क्यास्पियन सिलहरूलाई लोपोन्मुखको रूपमा वर्गीकृत गरिएको छ।

क्यास्पियन पर्यावरण संरक्षण केन्द्रका प्रमुख जाउर गापिजोभले सीलहरू लगभग दुई हप्ता अघि मरेका एक विज्ञप्तिमा बताएका छन्।

जनावर मारिएको वा माछा मार्ने जालमा फसेको भन्ने कुनै प्रमाण नभेटिएको उनले बताए। सुलक र शुरिन्काको नदीको मुखमा ठूलो संख्यामा मृत सिल फेला परेका दागेस्तान क्षेत्रको प्राकृतिक स्रोत र वातावरण मन्त्रालयले टेलिग्राममा लेखेको छ।

विज्ञहरूले सिलबाट नमूनाहरू संकलन गरेका छन् र मन्त्रालयले प्रयोगशालाको नतिजा आएपछि मृत्युको कारण पत्ता लगाउने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *