हिलोमा भेटियो यस्तो चीज, बेच्न जाँदा ६४ लाख रूपैयाँ पाए !
काठमाडौं । पेशाले लरी चालक रहेका एक व्यक्तिले जमिन भित्रबाट एउटा बहुमूल्य औँठी पाएका छन् । १४ औं शताब्दीको औंठी ६४ लाख रुपैयाँ (४० हजार पाउण्ड) मा बिक्री भएको थियो । धेरै वर्षदेखि गाडिएको त्यो औंठी ती व्यक्तिले आफ्नो साथीको फार्महाउसमा फेला पारेका थिए। जब ती व्यक्तिले औंठी भेटे त्यो माटोले ढाकिएको थियो।
६९ वर्षीय डेभिड बोर्डले सुरुमा आफूले ‘स्वीट र्यापर’ फेला पारेको सोचेका थिए। तर, जाँच गर्दा त्यो सुन र हिरा मिश्रीत औँठी भएको पाइयो । डेभिडले बेलायतको डोर्सेटस्थित बलिङ्ग ग्रीन फार्महाउसबाट औंठी पाएका थिए। डेभिडले औंठी जमिनभन्दा ५ इन्च तल गाडिएको बताए । तर औंठीको अप्रत्याशित मूल्य पाएपछि डेभिड छक्क परे ।
यो औँठीमा फ्रेन्च भाषामा लेखिएको छ, ‘मैले तिम्रो विश्वासको ख्याल गरेझैँ तिमीले पनि गर’। यो औंठी लिलामीमा नुनान्स कम्पनीलाई बेचिएको थियो जसले यस्ता बहुमूल्य चीजहरू किन्छ। नुनान्सका सल्लाहकार निगेल मिल्सले भने, ‘औँठी एकदम सही अवस्थामा छ, यसमा इन्भर्टेड हीरा पनि छ।’
फार्महाउसमा लरी चालक डेभिडले फेला पारेको औंठी १४ औं शताब्दीमा सर थोमस ब्रुकको थियो। डेलीस्टारको रिपोर्टले दावी गरेको छ कि यो औंठी सर थोमस ब्रुकले उनकी श्रीमती लेडी जोन ब्रुकलाई १३८८ मा उनीहरूको विवाहको अवसरमा दिएका थिए। थोमस ब्रुक त्यो युगको एक ठूलो जग्गा मालिक थिए। उनी १३ पटक सांसद पनि भइसकेका थिए ।
लरी चालक डेभिडले लन्डनमा नुनान्स लिलामी पछि पाएको पैसा आफ्नो साथीसँग बाँड्नेछन्। डेलीस्टारसँग कुरा गर्दै डेभिडले पहिले बियर पिउने भए पनि अब आफूलाई अपग्रेड गरेर स्याम्पेन पिउने बताए ।
डेभिडले भने कि उनी आफैंलाई निराशावादी व्यक्ति मान्छन् । उनी निश्चित थिएनन् कि यो औंठी कहिल्यै बेचिन्छ। उनको पार्टनरकी छोरी घर किन्ने सोचमा छिन्, त्यसैले उनले पैसाको केही अंश उनलाई पनि दिनेछन् ।
Facebook Comment