साथीलाई गुप्ताङ्गमा हानेर हत्या गरेकाे अभियोगमा भारतमा चार नेपाली पक्राउ
फाईल तस्बिर
नयाँ दिल्ली। आफ्नै सहकर्मीको हत्या गरेर नालीमा फालेको आरोपमा भारतको बेंगलोरमा चार नेपाली पक्राउ परेका छन्। उनीहरुले धनसिंह धामी नामक नेपाली युवाको गुप्ताङ्गमा हानेर हत्या गरेको बयान पनि प्रहरीसमक्ष दिएका छन्।
धनसिंह धामीको हत्याको चारदिनपछि हत्याको आरोपमा हेन्नुर प्रहरीले दिनेशसिंह धामी, शेरसिंह धामी, दीपक धामी, नरेन्द्र धामी र एक नाबालकलाई डिसेम्बर ४ तारिक आइतबार पक्राउ गरेको हो। पक्राउ परेकाहरुले हत्या आफूहरुले मिलेर गरेको बयान दिएका छन्।
कलेज पढ्दादेखि नै आफूहरुलाई हेप्ने, दुव्र्यवहार गर्ने र अपमान गर्ने गरेकाले मौका पारेर धनसिंहको हत्या गरेको बयान अभियुक्तहरुले दिएका स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
धनसिंहले मादक पदार्थ सेवन गरेर आफूहरुलाई निरन्तर दुव्र्यवहार गर्ने गरेका कारण चुरोट खुवाउने वाहनामा काम गर्ने स्थानबाट अलि पर लगेर प्राइभेट पार्टमा हानेर ढलाई घाँटी थिचेर हत्या गरेकाे अभियुक्तहरुले बयान दिएका छन्।
धनसिंह बाबुसपल्या भन्ने स्थानको एउटा पेइङ्ग गेष्ट हाउसमा सफाइ कर्मचारीका रुपमा कार्यरत थिए। बुधवार साँझ मारेपछि धनसिंहको शवलाई नालीमा फालेर उनीहरु फर्किएका थिए।
यसको केही दिनपछि स्थानीयहरुले नालीमा लास देखेको र त्यो कुहिएर दुर्गन्धित हुन थालेको जानकारी प्रहरीलाई दिएका थिए। प्रहरीले मृतकको पहिचान गरेर सोही दिन अभियुक्तहरुलाई पनि पक्राउ गर्न सफल भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment