चोलेन्द्रको बिदाइमा सर्वोच्चले कुनै कार्यक्रम राखेन

डिसी नेपाल
२७ मंसिर २०७९ १६:४३
144
Shares

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम नगर्ने भएको छ । जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् ।

गत १ फागुनमा संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका जबरा सर्वोच्च अदालत नफर्की बिदा भएका हुन् । सर्वोच्च अदालतले औपचारिक रुपमा उनको बिदाइ नगर्ने भएको छ ।

‘उहाँ (जबरा)ले आजबबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले भने, ‘उहाँको बिदाइ सर्वोच्चले गर्दैन । बिदाइ कार्यक्रम पनि राखेको छैन ।’

२८ मंसिर २०१४ मा जन्मिएका जबरा ६५ वर्षे उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाएका हुन् । उनले १८ पुस २०७५ मा पद तथा गोपनीयताको शपथ लिएर प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए ।

गत १ फागुनमा जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *