सुनको मूल्य ६ सयले बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
३ पुष २०७९ ११:०१
84
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ५ सय  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ रहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कारोबार भईरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.